इटहरीका मेयर द्धारिकालाल भन्छन्, ‘मैले कसैलाई थुनेको छैन, त्यसै हल्ला फिजाए’

 ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् ।

चर्को अभिब्यक्ति दिएर विवादमा आइरहने मेयर चौधरीले सेवाग्राहीलाई कार्यकक्षमा थुनेको विषयले विवादमा तानिएका हुन् । उनले एक व्यक्तिले खोला मिचेर घर बनाएको विषयलाई लिएर कार्यालयमा छलफलका लागि बोलाएका थिए ।

उनीहरुलाई नै कार्यकक्षमा थुनेको आरोप लागेको छ ।

३ वर्ष पहिला नै ईटहरी उपमहानगरपालिका( ४ का यामप्रसाद ढकालले खोला मिचेर घर बनाएका थिए ।

उनले बनाएको घर भत्काउन ईटहरी उपमहानगरपालिकाले पटक पटक भन्दै पनि आए पनि उनीहरुले सुनेका थिएनन् ।

कार्यालयमा बोलाएर छलफल गरेका मेयर चौधरीले आफ्नो कुरा नसुनेपछि कार्यकक्षमै थुनेको आरोप लगाइएको हा । कार्यालयमा बोलाएका मेयर चौधरीले कार्यलयमा पुगेपछि घर भत्काउन भनेको तर आफूले नमानेपछि कार्यालयमा थुनेर मेयर भागेको ढकालले आरोप लगाएका छन् ।

दिउँसो २ बजे बोलाइएका ढकाल कार्यालयमा समयमा नै आएनन् । फोन गरेर जानकारी लिँदा उनी विराटनगर भएको भनिएपछि करिब ३ बजेतिर मेयर चौधरी ईन्जिनियरसहित कार्यालयबाट बाहिर निस्किएको मेयरको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, विभिन्न वडामा भइरहेको विकास निर्माणको निरीक्षणको क्रममा निस्किएलगत्तै बाहिर भेटिएका ढकाललाई कार्यालयमा गएर बस्न भनिएको थियो ।

‘कार्यालयमा लगेर राख्न मेयरले नगर प्रहरीलाई भनेको थियो,’ सचिवालय भन्छ, ‘करिब ४ बजेतिर उनलाई थुनिएको भन्ने खबर हामीलाई नै आयो, भित्र भएको बेला बाहिरबाट कसैले ह्यान्डल लगाइदिएको हुनसक्छ । मेयरले कसरी थुन्न सक्छ र ? ’

मेयर चौधरीले पनि आफुलाई लगाएको आरोप निराधार भएको बताएका छन् । घटना सार्वजनिक भएपछि प्रतिकृया दिँदै आफुले कोठामा बस्नु भनेर आफु बाहिर निस्केको बताएका छन् ।

‘ढकाललाई म बाहिर निस्कँदैछु । आएपछि कुरा गरौँला‚ प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नू भनेको थिएँ,’ उनले भने, ‘अहिले थुन्यो भनेर हल्ला गर्नुभएछ ।’ मेयर चौधरीले भने म बाहिर गएर आँउछु बस्दै गर्नु भनेको हो । मैले थुनेको छैन ।’

अन्तिममा आएर माधव र ओलीले यो के गरे ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित वि’द्रोहको तयारी गरेको छ।

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न वि’वाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै वि’द्रोहको तयारी गरेको हो।

‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट वि’द्रो’हका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनुभएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने।

ओलीले एमालेभित्र छिर्न नदिएपछि नेपालले वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढाउन थालेका हुन्। ‘अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड छ तर यही स्थितिमा कहिलेसम्म रहने भन्ने कुरा पनि हुन्छ।

अध्यक्ष केपी ओलीजीले एकताको ढोका करिबकरिब बन्द गर्नुभयो भन्ने नेता माधव नेपालको निष्कर्ष छ’, नेपाल निकट जीवनराम श्रेष्ठले भने।

नेपाल पक्षले साउन २१ र २२ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीका कारण पार्टी एकताको सम्भावना न्यून भए पनि अन्तिम अवस्थासम्म एकताका पक्षमा पहल गर्ने निर्णय गरेको थियो ।

तर ओलीले एकपक्षीय रुपमा विधान संशोधन प्रक्रिया अघि बढाएपछि नेपाल समूह पनि वि’द्रोहको तयारीमा अघि बढेको हो।

नेपाल पक्षीय बैठकको निर्णयमा ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अवलम्बन नगर्ने र अन्तिमसम्म पार्टी एकताकै पहल गर्ने उल्लेख छ।

बैठकका अधिकांश वक्ताले यथास्थितिमा एकता गर्न नहुने भन्दै ससम्मान एकता हुनुपर्ने धारणा राखेका भए पनि नेता नेपालले विघटित कार्यदलका सदस्यलाई चाँडै नै वि’वाद निरुपण गर्न र ओली पक्षसँग कुराकानी टुंग्याउन आग्रह गरेका थिए।

‘कार्यदलका साथीहरूलाई मैले भनेको छु संवादको विषय चाँडै टुग्याउनुस् नत्र अघि बढ्नुपर्ने हुन्छ’, बैठकमा नेपालले भनेका थिए। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button