
राजेन्द्र महतोले फेरि भने, ‘ बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्छ’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहो¥याएका छन् ।

विहीबार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका हुन् ।

उनले एकल राष्ट्रिय राज्यको चिन्तन र सोच बाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताए ।
मुलुकमा सात वटा संविधान आएपनि जनताले भने अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उनको भनाइ छ ।
उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए ।
बहुल राष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।
कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रहनु भएका केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
उहाँलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गराउनु भएको हो । उहाँलाई मुख्यमन्त्री बनाउन बिहीबार बिहान लुम्बिनी प्रदेशका ४२ सांसदहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुख सेरचनलाई बुझाएका थिए ।
बुधबार मात्रै निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफूबिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि चलिरहेको विशेष अधिवेशन कै क्रममा राजीनामा दिनु भएको थियो ।
त्यसपछि माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्रीको दावी गर्नु भएको थिायो ।
नेपाली काँग्रेस र नेकमा माओवादी केनद्रले यसअघि नै ८\८ महिना प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । ८ महिनापछि काँग्रेसले मुख्यमन्त्री पाउनेछ ।