OMG किन्नै नसक्ने गरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो हेर्नुहोस् आजको मूल्य

बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ । 

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ? 

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र विक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र विक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७९ पैसा र विक्रीदर १३० रुपैयाँ ४४ पैसा रहेको छ ।


यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र विक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र विक्रीदर ९४ रुपैयाँ ९० पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तेस्रो लहरको जोखिममा बालबालिका, तयारी शून्य !

विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताइरहे पनि प्रदेश १ मा रहेका ठूला सरकारी अस्पतालमै बालबालिकाका लागि एनआइसियु र पिआईसीयूलगायतको पूर्वाधार व्यवस्थापनको तयारी भने शून्य देखिएको छ ।

सरकारी अस्पतालहरूले भर्खरमात्र बालबालिकाका लागि पिआईसीयू लगायतको पूर्वाधार व्यवस्थापनका लागि सूचना आह्वान बल्ल अघि बढाएका छन् ।

यो बीचमा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट लगाउने र आईसीयू सेवा सुरु गर्ने लगायतका गतिविधि भएका छन् तर कोरोना सङ्क्रमण दर उच्च गतिमा बढ्दै गए पनि अस्पतालमा सो अनुसार बालबालिकाको उपचारका लागि आवश्यक आइसीयु निर्माणको तयारी भने फितलो देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले २१ जेठमा विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन भनेको थियो ।

प्रदेश १ मा अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोरोना पोजेटिभ भएका बालबालिकाको उपचार हुने गरेको छ ।

प्रतिष्ठानमा पनि दुई शय्याको मात्र पीआईसीयू छ । यसबाहेक सरकारी ठूला अस्पतालहरू विराटनगरमा रहेको कोशी, झापा रहेको मेची प्रादेशिक अस्पतालमा समेत कोरोना संक्रमित बालबालिकाको उपचार गर्न छुट्टै भेन्टिलेटर र आईसीयूको व्यवस्था छैन ।

सरकारीका अलावा प्रदेशमा रहेका दुई शिक्षण अस्पताल नोबेल र विराटसहित झापाको बिएण्डसीमा पनि कोरोना पोजेटिभ भएका बालबालिकाको उपचारका लागि पिआइसियुको सेवा अभाव छ ।

कोरोना संक्रमित बालबालिकाका लागि हालसम्म पिआईसीयूलगायतको पूर्वाधार व्यवस्थापन नगरेकाले कडा लक्षण भएका कोरोना संक्रमित बालबालिकालाई उपचारका लागि काठमाडौंका अस्पतालमा लानुपर्ने बाध्यता छ ।

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पीआईसीयू सधैँ बिरामी बालबालिकाले भरिने गरेको थियो । तर पछिल्ला दुई दिन यता बालबालिकाका लागि छुट्याइएका पीआईसीसी बेड खाली रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले बताए ।

पोखरेलका अनुसार सरकारले भनेअनुसार प्रतिष्ठानमा पनि थप १५ शय्याको पिआईसियु थप्ने कामका लागि टेण्डर आह्वान गरिएको छ ।

त्यसैगरी कोरोना संक्रमित बालबालिकाको उपचारमा लक्षित गरी विराटनगरमा रहेको कोशी अस्पतालमा पनि १० बेडको पिआइसियु बनाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले १० शय्याको पिआईसियु सञ्चालनका लागि आवश्यक उपकरण खरिदका लागि टेन्डर आह्वान गरिएको बताए ।

मेसु दासले भने, ‘निकट भविष्यमै कोरोना संक्रमित बालबालिकाको उपचारलाई लक्षित गरी कोशीमा पीआईसीयू सञ्चालनको तयारीमा जुटेका छौं ।’

विशेष गरी कोरोना संक्रमणको तेश्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुको चेतावनीलाई ध्यानमा राख्दै आफूहरु आवश्यक तयारीमा जुटेको उनको भनाइ थियो ।

प्रादेशिक अस्पताल मेचीले पनि कोरोना संक्रमित बालबालिकाको उपचारका लागि पहिलो चरणमा पाँच शय्याको पीआईसीयू सञ्चालनको तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले बताए ।

त्यसका लागि टेन्डर आह्वान गरी आवश्यक उपकरण खरिदको प्रकृयासमेत अगाडि बढिसकेको उनले बताए ।

उनले पीआईसीयू संचालनका लागि अस्पतालमा जनशक्तिको समेत अभाव रहेको जानकारी दिए । पीआईसीयू सञ्चालनका लागि थप २ जना बाल रोग विशेषज्ञसहित ८ जना मेडिकल अफिसर अस्पतालमा आवश्यक पर्ने उनको भनाइ छ ।

हाल अस्पतालमा मेसु बाह्रकोटीसहित तीनजना बाल रोग विशेषज्ञ छन् । बाह्रकोटीले अस्पतालको प्रशासनमा पनि समय दिनुपर्ने भएपछि दुई डाक्टरले मात्र बालबालिकाको वार्डमा समय दिनुपर्ने अवस्था छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सरकारले अस्पतालको क्षमताअनुरूप यही प्रयोजनका लागि छुट्याएको बजेट अनुसार प्रदेश १ को अस्पतालहरूमा सरकारले तोकेअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरुमा छुट्टै पीआईसीयू सञ्चालनका लागि तयारी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button