मन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्कए : बाबुराम भट्टराई

४ माघ, काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण ‘बेला न कुबेलाको’ भएको बताएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्केको टिप्पणी गरेका छन् । देशको जटिल भूराजनीतिक स्थिति नबुझी नेताहरु कहिले बुरूक्क उफ्रिने र कहिले लम्पसार पर्ने गरेको उनको आरोप छ । 

उनले भनेका छन्, ‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ। देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button