
ज्वाला संग्रौला पक्राउ घटनामा के गर्दैछ प्रहरी ? थप एक जना पक्राउ
काठमाडौं । विभिन्न आरोपमा पक्राउ परेकी ज्वाला संग्रौला घटनाको अनुसन्धान अझै सकिएको छैन । उनी विरुद्ध प्रहरीले ३ अभियोग लगाएको छ ।

पछिल्लो पटक नेकपा एमाले निकट विद्यार्थी संगठनकी नेता खुस्बु घिमिरेसंगको विवाद पछि ज्वाला सहित उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवा पनि पक्राउ परेका थिए ।

खुश्वुले ज्वालाको समुहले आफुलाई हात पात गरेको अभियोग लगाएकी थिइन् । त्यसवाहेक खुश्वुको समुहले एक ट्राफिक प्रहरी अधिकारीलाई रंगभेदी अभिब्यक्ति दिएको भिडियो पनि सार्वजनिक भएको थियो ।
ति प्रहरीले पनि ज्वाला र उनको समुह विरुद्ध उजुरी दिएका थिए । त्यस पछि अनुसन्धानका क्रममा ज्वालाले सरकारी कागज किर्ते गरेको समेत फेला परेको छ । यि तीन घटनामा उनी र उनको समुह माथि अहिले अनुसन्धान भइरहेको छ ।
सुरुमा उनीविरुद्ध अ भ द्र व्यवहारमा प्रहरीले मु द्दा दर्ता गरे पनि उनले विवाह र जन्मदर्ताको कागजमा किर्ते गरेको पाइए पछि घटना थप पेचिलो बनेको छ । उनीसहित पक्राउ परेका तीनै जनाविरुद्ध चौथोपटक अदालतवाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ज्वाला र उनको समुह विरुद्ध महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाले पनि उजुरी दिएका हुन् । सोही घटनामा सम्पर्क विहिन रहेका भनिएका दोलखाका यमबहादुर खड्कालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
ज्वाला जापान जानुअघि खुश्बुकै घरमा डेरामा बसेकी थिइन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनीहरु एकार्काविरुद्ध आ गो ओकलीरहेका थिए ।
जब ४८ बर्षीय महरा प्रदेशमा झोला ठिक्क पारेर घर फर्कने जहाज कुर्दैथिए अचानक ….
एजेन्सी । वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेका एक नेपाली श्रमिक घर फर्कन नपाई उतै अस्ताएका छन् । साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका ४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको निधन भएको हो ।
विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ सकेर अब घर फर्कने तयारीमा थिए । तर उनको परिवारले अचानक निधनको खबर सुन्नुपरेको छ । परिवारको साथमा खुसीको दिन विताउने सपना बोकेका महरा कहिल्यै नफर्कने गरी साउदीमै अस्ताएको उनका ज्वाइँ सञ्जयले जानकारी दिए ।
उनलाई उच्च र क्त चापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।
महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि को रोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए । महराकाका श्रीमती, ३ छोरी र १ छोरा छन् ।



