काठमाण्डौ उपत्यकामा आज बाट लागु भयो यस्तो नियम, के खोल्न पाउने के नपाउने ?

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निधेधाज्ञाबारे समीक्षा गरेका छन्। आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारी नियन्त्रणमा आइनसकेकाले केही खुकुलो गर्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको छ।

खाद्यान्न र किराना पसलहरु खोल्न दिने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

‘निषेधाज्ञाको विषयमा आज कुनै निर्णय भएको छैन,’ पराजुलीले भने- बैठक बसेर यस विषयमा निर्णय लिन्छौं। खद्यान्न पसल खोल्ने विषयमा छलफल अघि बढेको छ।’ अघिल्लो साता खाद्यान्न पसल बन्द गर्ने निर्णय भएको थियो।

काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।

जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ। प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने र सार्वजनिक गाडी नचल्ने गरी मोडालिटी तयार गरेको हो।

विवेकशील साझाद्वारा शोक प्रस्ताव पारितः ‘उज्वल थापाको जीवन र विचार’ विषयमा बहस चलाउने

विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ ।

पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः२५ बजे निधन भएको हो । पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेल्नुभएको थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ ।’

संस्थापक थापाले अँगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाएको छ ।

पार्टीले पीडाका क्षणमा परिवारजनमा समवेदना व्यक्त गर्दै उपचारका क्रममा स्वास्थ्यलाभ कामना गरी स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button