अस्पताल बाट औषधि उपचार गरेर फर्कदै थिए एम्बुलेन्स दुर्घटना भयर गयो ज्यान…

काठमाडौं । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्या न ग एको छ भने दुई जना घाइते भएका छन् ।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ त घोषित गरेका थिए ।

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

टाउको, हात तथा छा तीमा चो ट ला गे का घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृ त क तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए । 

एउटा घरमा एकपछि अर्को बज्रपात

नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोनाका कारण निधन भएको छ । लामो समय नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ रहेका उनको सोमवार निधन भएको हो ।

एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज समेत रहेका थापाको सोमबार दिउँसो सवा दुई बजे निधन भएको एमालेले जनाएको छ ।

वैशाख २५ गते पीसिआर जाँच गर्दा उनी संक्रमित भएो थाहा भएको थियो । उनी तत्काल अस्पताल भर्ना भएका थिए । पार्टीका सक्रिय नेता मात्र नभएर उनी सामाजिक अभियन्ता पनि थिए ।

युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।

भनिन्छ दुस्मन नलागे पनि दैव नलागोस् । तर कसैको जिवनमा यति धेरै दुख एक पछि अर्को पर्दै जान्छ की कसैले कल्पना पनि गरेको हुँदैन । नेकपा एमाले बाँकेका नेता डम्बर थापाले केही समय यता परिवारमा एक पछि अर्को वज्रपात भोग्दै आए ।

गत वर्ष असोज महिनामा उनले जवान छोरा गुमाए । बाँकेमा अनुसन्धान प्रहरी रहेका उनका छोरा प्रवीण थापा मगरको अचानक मृत्युले उनी निकै गलेका थिए । उनका जवान छोराको ह त्या भएको थियो ।

जवान छोरा गुमाउनुको पीडा एकातिर थियो भने लामो समय देखि अस्वस्थ्य रहेकी श्रीमतीको पनि सेवा गर्दै आएका थिए । त्यसै क्रममा उनको स्वास्थ्यकर्मी रहेकी छोरीको दुर्घटना समेत भएको थियो ।

छोरीको २ पटक मोटरसाइकल दुर्घटना भएको थियो । पारिवारिक समस्याले निकै थलिएका उनले अन्ततसंक्रमणसंग हारे । एक पछि अर्को पीडा सहदै आएका उनले जिवनलाई सहज बनाउने कोशिष गर्दै थिए । यहि क्रममा संक्रमित भएका उनी पनि रोग भने हारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button