यस्तो छ तीन दिनको मौसम : कहाँ-कहाँ हुन्छ वर्षा ?

देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती प्रदेश १ सहित देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशका प्रदेश नं १ र अन्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शनिबार दिउँसो देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो पनि,,,,,विवाहको भीडले गाउँभर कोराना

विवाहमा भएको भिडभाडले महोत्तरीको बर्दिबास-५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ। गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए। 

घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई  सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए। ‘कोराना  संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ।’ उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ  

संक्रमित घरमै 
कोरोना संक्रमितको स्वास्थ्य सुरक्षाका लागि डाक्टर सहितको स्वाथ्यकर्मीको टोली, अक्सिजन, एम्बुलेन्स तयारी अवस्थामा राखिएको बर्दिबास  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पराजुलीले बताए।

‘गम्भीर अवस्था आएमा तुरुन्त संक्रमितलाई सम्पर्क राख्न भनेका छौं,’ उनले भने, ‘बर्दिबास अस्पतालमा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार राखेका छौं।’ स्वास्थ्यमा जटिल अवस्था आए थप उपचारका लागि बाहिरका अस्पतालमा पठाइने व्यवस्था मिलाइएको उनले बताए। 

बर्दिबास अस्पतालका अनुसार वैशाख २० गते यता बर्दिबास  नगरपालिका र वरिपरीका गाउँका २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ। सबै संक्रमितहरु आफ्नै घरमा छन्। बर्दिबास अस्पताललाई कोभिड अस्पतलाको रुपमा संचालन गर्न स्थानीय सरकारसँग माग गरेका छन्। 

कोरोना नियन्त्रण गर्न समिति गठन
कोरोन नियन्त्रणमा सक्रिय रहेको स्थानीय सरकारलाई सघाउन बर्दिबासका संघ-संस्था कदम चालेहको छ। प्रदेशसभा सदस्य सारदा थापाको अध्यक्षमा बर्दिबास कोभिड–१९ व्यवस्थान समिति गठन गरिएको छ।

समितिका बर्दिबास  अफ रोटरी क्लब, सहकारी सञ्जाल, निजी स्वास्थ्य सञ्जाल, बर्दिबास सेवा समिति,  बर्दिबास हेल्प फाउण्डेसन, नेपाल पत्रकार महासंघ महोत्तरी शाखा लगायतका संघसंस्था छन्। 

समितिले संक्रमितहरुका लागि अक्सिजन बैंक तथा एम्बुलेन्स सेवा सहयोग, कोरोना महामारीले बेरोजगार गरिबका लागि फुड बैंक, कोरोना नियन्त्रका लागि अग्रपंक्तिमा खटिकालाई स्वास्थ्य सामग्री लगायतका काम गर्ने जनाएको छ। 

समितिले बर्दिबास सरकारी हस्पिटलाई १० थान अक्सिजन सिलेन्डर हस्तान्तरण गर्न लागिएको बताइएको छ। ‘कोरोना संक्रमण फैलिदैं गएको छ।

यसबाट प्रभावितलाई उपचार गर्न भेन्टिलेटर तुरुन्तै व्यवस्थान गर्नुपर्छ,’ रोटरी  क्लब अफ बर्दिबासका अध्यक्ष हिरा गौतमले भने, ‘संक्रमितलाई अक्सिजनका लागि पनि थप तयारी गर्नुपर्छ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button