हामी रुखमा झुन्डिएर बाच्यौं तर दाईहरुलाई बचाउन सकेनौ, बागलुङ घटना बाट बाँचेकाहरुले सुनाए घटना

बागलुङमा दुई जनाको ज्यान जानेगरी होलीमा भएको घटनामा परेका युवाहरुले घटना कसरी भयो भन्ने बारेमा खुलाएका छन् ।

आफ्नै अगाडी दुई जना दाई गु’मा’ एका भाइहरुले आफ्ना दाईहरुले न्याय पाउन भन्ने मात्र लागेको बताएका छन् । हामीले त दाईहरुलाई बचाउन सकेनौं अब कम्तीमा उनीहरुले न्याय पाउन भन्ने लागेको छ, घटनामा परेका एक युवाले भने ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको ववालमा दुई जनाको निधन भएको हो । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झ ड प हुँदा ह ता ह ती भएको वडा नं ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी गराएका हुन् ।

दुई पक्षका युवाहरु रंग लगाइरहेका थिए । त्यही बेलामा विवाद बढेको हो ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झ ड प हुँदा दुईको मृत्यु र केही युवा घाइते भएका हुन् । घाईते भएकाहरुले घटनाका बारेमा सुनाएका हुन् । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल ख से को अवस्थामा भेटिएको हो । आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए ।

घटनामा १० देखि १५ जनासम्म घाइते भएका हुने । एउटा युवाको समुहले अर्को समुहका युवतीलाई रंग लगाउन ला गेप छि वि वाद सु रु भ एको हो ।

एउटा समुहका युवाहरुले हाम्रो समुहका युवतीलाई किन अबिर लगाइस् भन्दै विवाद सुरु गरे त्यसपछि एकाएक विवाद सुरु भयो अनी ठूलो समुह आएर हताहती गर्न लागे, घटनाका घाइतेले भने, उनीहरुको समुहका महिलालाई हाम्रो समुहका साथीले रंग लगाएका हुन् । रमाइलो गर्न भनेर सहमति मै अबिर लगाइएको थियो त्यही बेलामा वि वा द सु रु भयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button