
नेपाली सेना द्वारा नवजात शिशुको उद्वार
नेपाली सेनाका जवानले इमर्जेन्सीमा रगत दिई नवजात शिशु को ज्यान बचाएका छन् । जनकपुरधाम स्थित बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएका दुई महिने शिशुको नेपाली सेनाले ज्यान बचाएका छन् ।

मिथिला नगरपालिका -२ घर भएका बर्स २५का नवराज महतोको दुई महिने शिशु रुघाखोकीको कारण शरिरमा रगतको कमि हुदा श्री नाथ गढ महेन्द्रनगर अन्तर्गत सुरक्षा गुल्म एयर्पोर्टमा कार्यरत राम बहादुर साउदले AB+ पोजेटिव रगत दिएका हुन ।


“रेड्क्रसले रगतको अभाब देखायो, हामी आतियौ के गर्ने भनेर -नेपाली सेनाले रगत विभिन्न समयमा दिने गरेको जानकारी पाई हामीले सेनालाई अनुरोध गरौ र आज हाम्रो बच्चा बाच्यो ‘- बिरामीका आमाले भनिन । रेड्क्रसमा रगतको अभाव देखाउदा बिरामी अकालमै मर्नु परेको बिगतका घटना हुँदा विभिन्न समयमा नेपाली सेनाले रगत दान गर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1