नबिन्द्रराजजीको आदर्श विचार र मार्गदर्शनलाई आत्मसाथ गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ :उत्सब नरसिंह केसी
काठमाडौ-उत्सब नरसिंह केसीले काङ्ग्रेस नेता नबिन्द्रराज जोसीको निधनले आफू स्तब्ध भएको र उहाँको निधनले काङ्ग्रेस र देश दुवैलाई ठूलो क्षति पुगेको बताएका छन् । साथै उहाँको आदर्श विचार र मार्गदर्शनलाई आत्मसात गर्नु नै जोसी प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
आफ्नो सामाजिक सञ्चालन फेसबुक र ट्विटर मार्फत केसीले जोसीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले लेखेका छन्:
अलबिदा नबिन्द्र दाइ
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य,पूर्व मन्त्री नबिन्द्रराज जोसीले यस मर्त्यलोक त्याग्नु भएको खबरले निकै मर्माहित भएको छु।उहाँको भौतिक शरीर हामी माझ नरहे पनि उहाँको आदर्श विचार र मार्गदर्शनलाई आत्मसाथ गरौँ यहीँ नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ। शोकाकुल परिवारप्रति हार्दिक समवेदना।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1