![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/07/weather-hot-mausam.jpg?resize=700%2C400&ssl=1)
आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं – शुक्रबार बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1