बहुमत कसैको आउँदैन, गठबन्धन कायमै रहन्छ- माधव नेपाल

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका छन्।

आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले यो गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका हुन्।

‘आगामी चुनावमा एउटै पार्टीको बहुमत आउने सम्भावना कम छ, हाम्रो निर्वाचन प्रणालीनै त्यस्तै खालको छ’,  उनले भने, ‘कुनै एक पार्टीको बहुमति नआउने भएकाले हामीले मिलेरै जानूको विकल्प छैन।’

यस्तै उनले आगामी चुनावमा सिट बाँडफाँटमा ढिलाई हुन नहुने जिकिर गरेका छन्।

उनले स्थानीय चुनावबाट गठबन्धनले सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने पाठ सिकाएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धनका दलबीच सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने बताए।

उनले स्थानीय चुनावको तुष पालेर नकारात्मक धारणा बनाउन आवश्यक नरहेको भन्दै आसन्न चुनावका लागि तालमेल सिट बाँडफाँट गर्न ढिला गर्न नहुने बताएका हुन्।

‘मापदण्ड बनाउने कुरा समयमै गर्नुपर्छ, चाँडो गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी र गठबन्धन स्पष्ट छ। विगत चुनावमा भएको त्रुटिहरूलाई लिएर नकारात्मक धारणा राख्न केही आवश्यक छैन’, उनले भने।

यस्तै उनले महानगर र उपमहानगरबाहेकमा गठबन्धन गर्न प्रदेश र जिल्लालाई छोड्ने कुरा ठूलो घातक भएकोसमेत जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button