अमेरिकामा एकसाथ सय बढी सवारी दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेका छन् ।

त्यहाँको फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडियोमा एउटा गाडीमाथि अर्को गाडीको चाङ लागेको देखिएको छ ।

खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक सवारीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजी भइरहेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button