युद्धमा कहिल्यै नहारेको देश, यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? : प्रधानमन्त्री ओली

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्। 

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए। 

‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो,’ उनले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने?’ 

उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए। अन्य क्षेत्रमा पनि जित र हारको विषय ‘इगो’ बन्ने गरेको बताए। संसद विघटन पनि जित र हारको विषयमा केन्द्रीत भइरहेको उनको भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button