काठमाडौँको जोरपाटी धावाको घरबाट २० जना पुरुष यस्तो अबस्थामा फेला

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।

त्यस्तै, महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् । औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति करिब ८ बजेको समयमा एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

बजारको फलफुल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो ।

नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिए।

सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उनको भनाइ छ । पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button