वडाध्यक्षका छोराले लिए आफ्नै ८० वर्षीया हजुआमाको ज्यान !

काठमाडौ । वडाध्यक्षका छोरालाई गम्भिर घटनामा प्रहरीले पक्राउ गरेको छ । बझाङका एक वडाध्यक्षका छोरालाई आफ्नै ८० वर्षकी हजुरआमाको ज्यान लिएको आरोपमा पक्राउ गरेको हो । बझाङको दुर्गाथली गाउँपालिका वडानं ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको मृ त अवस्थामा फेला परेकी थिइन् । घटनामा संलग्न भएको आरोपमा उनकै नातीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा वर्ष २१ का सुभाष जप्रेललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । स्थानियबासीन्दाले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका सुभाषलाई सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा फोनको टावरले राम्रोसंग काम नगर्ने भएका कारण थप विवरण भने आउन बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button