त्रिभुवन विमानस्थलबाट तीन केजी बढी सुनका गहनासहित दुई जना पक्राउ

३० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ परेका हुन् ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button