‘प्रतिगमन फर्काऔं, दुईवर्षपछि चुनाव गरौंला, अहिले सँगसँगै अगाडी बढौं : योगेश भट्टराई

१५ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले चुनाव हुन्छ र जित्छु भनेर विश्वासमा नपर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापनाका लागी हातेमालो गर्न र दुई वर्ष पछि निर्वाचन गरेर जनमतको सम्मान गर्न अनुरोध गरे ।

यसअघिका आन्दोलनमा पनि सँगै लडेको स्मरण गर्दै उनले भने, ‘नेकपा विभाजित भयो, हामी जित्छौं भन्ने लाग्छ भने बुझ्नु होला, तपाईं कहाँ चुनाव हुन्छ र जित्नु हुन्छ

उनले प्रतिगमन फर्काएपछि दुई वर्षपछि हुने चुनावको हारजित सहन आग्रह गरे । भने, ‘प्रतिगमन फर्काऔं, दुईवर्षपछि चुनाव गरौंला जसले भएपनि जितौंला, अहिले सँगसँगै अगाडी बढौं ।’ उनले फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने पनि दाबी गरे ।

आफू सरकारमा बसुञ्जेल प्रधानमन्त्रीको कहिल्यै विरोध नगरेको भट्टराईले बताए ।

मन्त्री छोड्नुअघि पाथीभरा मातालाई सोध्दा गलत कदमको पछि नलाग् भनेपछि आफूले मन्त्री छोडेको भट्टराईले बताए ।

आफूलाई निर्वाचनमा ओलीले जिल्लामा आएर सहयोग पुर्‍याएपनि ताप्लेजुङमा त्यसअघि देखि नै एमालेले जित्‍दै आएको जिल्ला भएकाले ओलीले मात्रै जिताए भन्नुको अर्थ नहुने भट्टराईको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

Back to top button