
विश्वमा दुईटा किड्नी फेर्ने प्रधानमन्त्री कोही छैन,सायद विश्व रेकर्ड होला- प्रधानमन्त्री ओली
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री विश्वमा कोही नभएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी हुने प्रधानमन्त्री कोही नभएको बताएका हुन्।

‘मेरो पनि किड्नी फेल भएर अर्को किड्नी ल्याएर जोडेर राख्या छु। म पनि अर्को किड्नीको ह्विलचेयर बोकेर हिँड्या मान्छे हुँ। फेरि त्यो किड्नी पनि फेल भयो। त्यसपछि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेर हिंड्या हो। अलिअलि अपाङ्गता नै हो,’उनले भने।
प्रधानमन्त्री ओलीले दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा अरू कोही नभएको दाबी गरेका छन्।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1