
काठमाडौं उपत्यकामा नयाँ नियम लागु, पैदलयात्रु हिँड्न पाउने कि नपाउने ?
काठमाडौँ— महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन ।
निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ । “भीडभाड नहोस् भनेर सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
जहाँ भए पनि ८ बजेसम्म सबै सवारी गन्तब्यमा पुगिसक्नुपर्यो भनेका छौँ । भीडभाड नगरिकन पैदलयात्रुहरु भने आवतजावत गर्न सक्नेछन्” ।
पछिल्लो समय संक्रमणका बिरामी बढ्न थालेपछि सरकारले थप कडाइ गर्न थालेको छ। स्वास्थ्य मापदण्ड पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।
गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश मार्फत अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेका थिए ।
काठमाडौंमा प्रहरीलाई १०० मा आएको थियो फोन
काठमाडौंको चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको ज्या न लि’एका छन।
मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको ज्यान लिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जनाकारी दिए।
रञ्जना ६ महिनाकी गभर्वती रहेकाे प्रहरीले जनाएको छ।
घटना पछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको ह’ ‘त्या गरेको जानकारी दिएका थिए।
श्रीमतीसँग बि’वा’द हुँदा आफूले ज्यान लिएको उनले बयान दिएको प्रहरीले जनाएको छ।
आरोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।
उनीहरूबीच बिहान वि’वा’द भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको ज्या’न लि’एका रहेछन। घटनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए।
खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए।
प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।