पोखरी केन्द्रविन्दु भएर भूकम्प,स्थानीय डर, त्रासमा

उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  आज बिहान ९ः ५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दाबी

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् ।

आफ्नो समर्थनमा प्रदेशसभाका ४२ सदस्यको ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।

लुम्बिनीमा आज नयाँ मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बिहीबार दिउँसो तीन बजेसम्मको समय दिएर सरकार गठनका लागि दाबी पेस गर्न भनेका थिए ।

सोही समयभित्र प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गर्न लागेका हुन् ।

विपक्षी गठबन्धन दलका नेताहरु प्रदेश प्रमुखलाई भेट गर्न बिहीबार ११ बजेतिर जाने बताइएको छ । काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले आज सरकारका लागि दाबी पेस गर्न लागेको हो ।

आजै साँझसम्म प्रदेश प्रमुखले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने माओवादी प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए । विपक्षी गठबन्धनले यसअघि नै केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको थियो ।

केसीको नेतृत्वमा आजै सानो परिषद गठन गर्ने तयारी भइरहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिमण्डल विस्तार गर्ने योजना रहेको गठबन्धन सम्बद्ध एक नेताले बताए ।

आज मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट एक जना, काँग्रेसबाट एक जना र जसपाबाट एकजना मन्त्री हुने बताइएको छ । काँग्रेसबाट डिल्ली चौधरी र जसपाबाट सहसराम यादव मन्त्री बन्ने सहमति भएको स्रोतले बताएको छ ।

माओवादीबाट भने कसलाई मन्त्री बनाउने भन्नेबारे आज दिउँसो बस्ने संसदीय दलको बैठकले निर्णय लिनेछ ।

शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेशसभामा विपक्षी गठबन्धनका तर्फबाट अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा पोखरेलले राजीनामा दिएका थिए ।

लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

स्रोतका अनुसार नयाँ सरकारमा जसपा नेपालबाट तीन जना सहभागी हुनेछन् । प्रदेशसभामा जसपाका तीन सांसद छन् ।

तर, आजै जसपाका तीनैजना सांसदलाई मन्त्री बनाउने कि तत्काल एक जनामात्र सहभागी भएर मन्त्रिपरिषद विस्तारका क्रममा अन्य दुई जनालाई सहभागी गराउने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका नवलपरासीका अजयबहादुर शाही पनि मन्त्री बन्ने निश्चित भएको स्रोतले बताएको छ । उनी हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले संसदमा बजेट पास गर्ने बेला शाही प्रदेशसभा बैठकमा अनुपस्थित भएर शाहीले विपक्षी गठबन्धनलाई गुन लगाएका थिए ।

उनी अनुपस्थित भएकै कारण शंकर पोखरेलले बजेट फेल हुने आँकलनका साथ संसद बहिष्कारमात्र गरेनन्, प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button