‘बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं’ : बाबुराम भट्टराई
५ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनस्र्थापना हुनुपर्ने बताएका छन् । बाहिरी हस्तक्षेप नभए संसद पुनस्र्थापना हुने उनको विश्वास छ । तर वाहिरी हस्तक्षेपले संसद पुनस्र्थापना नभए आफुहरु हातमा दही जमाएर नबस्ने प्रतिकृया दिएका छन् ।
हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। उनले भने, ‘बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं।’
प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आफ्नो पार्टीले सडक संघर्ष जारी राख्ने बताउँदै डा. भट्टराईले नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसलाई संयुक्त आन्दोलनमा आह्वान पनि गरे। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पार्टीबाट ननिकालेको देख्दा शंका लागेको बताएका छन्।
आज (सोमबार) बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्तो अभिब्यक्ति दिएका हुन् । ओलीलाई पार्टीवाट ननिकालेकाले प्रचण्ड र नेपाल अझै सत्ताकै दाउमा रहेको हो कि भन्ने आशंका उब्जिएको उनले बताए ।