जन्ती बोकेको जीप दुर्घटना, १२ जना घाइते

१ माघ, काठमाडौं । : जन्ती बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कालीगण्डकी गाउँपालिका  २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार जीपमा सवार १२ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् भने अन्य १० जनाको अवस्था सामन्य रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि स्याङ्जाको मिर्मीतर्फ लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button