काठमाडौंमा ओली पक्षले निकाल्यो मोटरसाइकल र्‍याली

काठमाडौ । नेकपा ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । 
माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्‍याली निकालेको हो ।

र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए । 

ललितपुर र काठमाडौँको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button