नाग मारेपछि नागिनले मच्चाइन् आतंक, एक जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी । नागिनको साथी नागलाई मारेको बदलामा नागिनले आतंक मच्चाएको फिल्ममा मात्र देखेका छौ । तर, भारतको उत्तर प्रदेशमा वास्तविक घटना घटेको छ । नागिनले नागको मृत्युपछि २६ जनालाई डसेकी छिन् ।

घटना उत्तर प्रदेशको बहराइचस्थित रुपईडिहा थानाको बाबागज इलाकामा भएको घटना हो । जहाँ नागिनले २६ जनालाई टोकीसकेकी छिन् ।

मिडिया रिपोर्टको अनुसार नाग पंचमीको दिनमा नाग मारेको रिसमा नागिनले मानिसहरुललाई डसेकी हुन् ।

यो बहराइचको खेतमा पानी लिन गएका मानिसहरुलाई विषालु सर्प निस्किएर टोकेको थियो । सर्पले शंकरपुर, चिलबिल,बेलभरिया सहित केही गाउँमा २ दर्जन भन्दा बढी पशुहरुलाई टोकेपछि कसैले सर्पलाई मारेको थियो । नागलाई मारेपछि नागिनले २६ जना मानिसहरुलाई डसेकी हुन् ।

२६ जना मध्ये एक जनाको मृत्यु भएको छ । गाउँका सबै मानिसहरुले नाग पंचमीको दिनमा नाग मारेको रिसमा नागिनले गाउँमा आतकं मच्चाएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button