
आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए । उनले अघि भने, ‘संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने देखिन्छ ।’

अहिले बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ, जसलाई भारतीय भेरियन्ट पनि भनिन्छ ।
ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको चेतावनी
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।
बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान र कार्यदिशा विपरित गतिविधि गर्दै हिंडेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।
साथै प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट पारिएको छ,’ प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


माधव नेपालबारे ओलीको टिप्पणी : यत्तिको निर्लज्जता कहीं देखिएको छैन
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालले निर्लज्जताको सीमा नाघेको बताएका छन् ।
आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै उनले भने, ‘यो निर्लज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन ।’
बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो गरी जाँदैन । एमालेका नेताविरुद्ध विपक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने ! यति निर्लज्जता दुनियाँमा कहीं देखिएको छैन ।’
डुप्लिकेट पार्टी दर्ता गरेको, षड्यन्त्र नै षड्यन्त्र गरेको भन्दै उनले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौं । उहाँहरुको जवाफ हेरौं, तदनुसार जे गर्नुपर्ने गर्छौं ।’
केहीलाई भ्रममा पारेर पनि सही गराएको भन्दै उनले सच्चिएर आउन खोज्ने, गल्ती महसूस गर्नेहरुलाई साथमा लिएर जाने बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘गल्ती महसूस गर्ने साथीहरुलाई फेरि साथै लिएर अगाडि जान तयार छौं । यो उहाँहरुको हातमा छ । भीरबाटै खस्ने हो भने त हाम्रो के लाग्छ ?’



