पिसाब संक्रमणको लक्षण र उपचार
मुत्र प्रणालीमा विभिन्न कारणले संक्रमण हुन्छ । यस्तो समस्या तुलनात्मक रुपले महिलालाई बढी हुन्छ ।
७७ प्रतिशत महिला पिसाब सम्बन्धी समस्याको सिकार हुन्छन् । लापरवाही एवं लाजको कारण उनीहरु यो कुरा खुलस्त भन्दैनन् । खासगरी गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनाले मुत्र नली संक्रमण हुन्छ ।
मुत्रनली संक्रमणको लक्षण
– मुत्र त्यागको समयमा जलन हुनु ।
– पटक–पटक पिसाव आइरहनु ।
-पिठ्युमा दुखाई महसुष हुनु ।
-कहिले कहिं मुत्र त्यागको समयमा रगत आउनु ।
-पिसाव दुर्घन्धित हुनु ।
यसरी अपनाउने सर्तकता
१. धेरैबेर पिसाव रोक्नु हुन्न
कामको धपेडीले गर्दा वा अल्छी लागेर पनि कतिपयले लामो समय पिसाव रोक्ने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यदि पिसाव आइरहेको छ र तीन-चार मिनेटसम्म रोकेर बसिन्छ भने त्यसको टक्सिन तत्व मृगौलामा फर्केर जान्छ । यसलाई रिटेन्शन अफ यूरिन भनिन्छ । धेरै पटक यो क्रिया दोहोरिएमा मृगौलामा पथरी जम्न थाल्छ । त्यसैले यस्तो समस्याबाट छुटकारा पाउनका लागि पिसावलाई दबाएर नराखौ ।
२. यौनसम्पर्क पछि मुत्र त्याग
यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ । यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ । संक्रमणको खतरा कम हुन्छ । खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ ।
३. ओसिलो राख्नु हुँदैन
योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन । पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ । साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन ।
४. मासिक श्रावमा सफाई
मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ । सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ ।
यो पनि, मिर्गौलालाई स्वस्थ्य राख्ने काइदा
मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो । उपचार खर्चिलो पनि हुनसक्छ । त्यसैले संभव भएसम्म यो रोग लाग्न नदिनु नै उचित हुन्छ । चिकित्सकहरु अनुसार पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दो छ । मिर्गौलाको समस्या बढ्नुमा हाम्रो खराब दिनचर्या र खानपान समेत जिम्मेवार छ । चिकित्सकहरुको सुझाव छ, ‘खराब खानपान, आनीबानी सुधारेर पनि मिर्गौला रोगको संभावित जोखिमबाट बच्न सकिन्छ ।’
सन्तुलित दिनचर्या
निस्क्रिय एवं ऐश–आरमको जिन्दगीले रोगको जोखिम बढाउँछ । व्यायाम वा शारीरिक श्रम नगर्दा समेत रोगको जोखिम बढ्छ । त्यसैले समूचित श्रम एवं नियमित योग–व्यायाम गरेर स्वस्थ जीवन विताउन सकिन्छ ।
यसैगरी अनियमित रुपमा सुत्ने, उठ्ने, खाने बानीले पनि रोगी बनाउन सक्छ । त्यसैले सुत्ने, उठ्ने, खाने तालिका निश्चित र नियमित हुन जरुरी छ । अनिद्रा जस्ता कारणले समेत मिर्गौला रोगको जाखिम बढाउँछ । दैनिक ७–८ घण्टाको पर्याप्त निद्रा लिनुपर्छ ।
हामीमध्ये धेरैको बानी हुन्छ एकै स्थानमा घण्टौ बस्ने । दिसा–पिसाब रोक्ने । यस्तो बानीले पनि मिर्गौलाको समस्या निम्त्याउँछ । खासगरी लामो समय पिसाब रोक्ने बानी त्याग्नुपर्छ ।
चिकित्सकहरुका अनुसार मोटोपना हुने व्यक्तिमा समेत मिर्गौला सम्बन्धि रोग लाग्ने जोखिम धेरै हुने गर्छ । यस्तो जोखिम सामान्य मानिसहरुको तुलनामा मोटापना भएका मानिसमा दोब्बरले हुने गर्छ । त्यसैले, मिर्गौला सम्बन्धि रोग लाग्नबाट बच्नका लागि पनि मोटोपनाहुनबाट बच्न जरुरी छ ।
यसैगरी मधुमेह, उच्च रक्तचाप तथा मुटु रोग भएमा चिकित्सकसँग परामर्श गरी नियन्त्रणका उपाय अपनाउनुपर्छ ।
सन्तुलित खानपान
गलत खानपान, अत्याधिक मात्रामा जंकफुडको सेवन तथा शरीरमा पानीको कमीका कारण पनि कम उमेरमै मिर्गौला सम्बन्धि समस्याले सताउने गरेको छ ।
मिर्गौलालाई स्वस्थ राख्नका लागि भिटामिन, मिनरल्स तथा प्रोटिन लगायतका पोषणतत्वयुक्त आहार सेवन गर्न जरुरी छ । पोषणयुक्त तथा सन्तुलित आहारको सेवनले मिर्गौलालाई सही पोषण पुग्छ र यसकोे कार्यक्षमता बढ्छ ।
नुनमा सोडियमको मात्रा अधिक हुन्छ । अधिक मात्रामा सोडियमको सेवनले शरीरमा उच्च रक्तचापको समस्या निम्तने गर्छ ।
मिर्गौला सम्बन्धि कति समस्या उच्च रक्तचापका कारण हुन्छ भने उच्च रक्तचापका कारण पनि मिर्गौला सम्बन्धि समस्या हुने गर्छ । त्यतिमात्र नभई, ज्यादा नुनको सेवनकै कारण मिर्गौलामा पत्थरीको समस्या समेत हुने सम्भाmवना बढ्छ ।
मिर्गौलालार्ई स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन निकै जरुरी छ । दिनमा तीन देखि चार लिटर पानीको सेवन गर्नाले मिर्गौलाले शरीरमा भएको विषात्त पदार्थलाई पिसाबबाट बाहिर निकाल्ने गर्छ ।
यसैगरी मिगौलालाई स्वस्थ राख्न झोलिलो पदार्थको सेवन पनि त्यति नै जरुरी छ ।
विशेषगरी, फलफूलको रस, दालको झोल लगायतका पेय पदार्थबाट शरीरले पर्याप्त मात्रामा झोलको पुर्ति हुने गर्दछ ।
यस्ता झोलिलो पदार्थमा शरीरलाई चाहिने सबै किसिमका आवश्यक पौष्टिक तत्व रहेको हुन्छ । जबकी बजारमा पाइने चिसो पेय पदार्थ, चिया तथा कफीको सेवनले भने मिर्गौलालाई नराम्ररी प्रभावित पार्न सक्छ ।
आवश्यक सर्तकता
मिर्गौलाका रोगीहरु मात्र नभएर सामान्य मानिसहरुले पनि औषधिको सेवन गर्नुपूर्व जहिले पनि चिकित्सकको सल्लाह लिएरमात्र औषधिको सेवन गर्नुपर्छ ।
जस्तो सुकै दुखाईमा पनि आफू खुशी औषधीको सेवन गर्नु हुँदैन । यसले मिर्गौलालाई नराम्ररी विर्गान सक्छ ।
धुमपान तथा मद्यपानका कारण पनि मिर्गौलालाई असर पर्न सक्छ ।
धुमपान तथा मद्यपानले शरीरमा विषाक्तको प्रवाह गर्छ । जसका कारण मिर्गौैलाले काम गर्ने क्षमतामा कमी आउने गर्छ ।
मिर्गौलाको संभावित जोखिमबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परिक्षण हो ।
पिसाब, रगत तथा मिर्गौलाकोे नियमित परीक्षणबाट मिर्गौला सम्बन्धित संभावित रोगबारे जानकारी पाउन सकिन्छ र आवश्यक सर्तकता अपनाउन सकिन्छ ।