विदेशमा कोरोना सँक्रमणबाट थप तीन नेपालीको मृत्यु;

हाल सम्म नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सँख्या १,८७० पुगेको छ । नेपालमा कोरोना भाइरस सँक्रमण हुनेको सँख्या दुुई लाख ६१ हजार ४३८ रहेको छ भने निको हुनेको सँख्या ५३ हजार ८५७ जना रहेका छन् । अर्थात ९७.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरुलाई पनि कोरोना सँक्रमण भएको छ । साथै मृत्यु हुनेको सँख्या पनि दिन प्रतिदिन बढ्दो छ ।
हालै मात्र कोरोना भाईरसको कारण विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । यसै साता बेलायतमा एक जना र पोर्चुुगलमा दुुई जनाको निधन भएको दुखद खबर गैरआवसीय नेपाली सँघले जानकारी दिएको छ ।

यो सँगै विदेशमा कोरोना भाईरसको कारण मृत्यु हुनेको सँख्या ३१५ पुुगेको छ । विभिन्न पचास देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सँक्रमण देखिएको छ । ती मध्य ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली सँघ, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस सँयोजक चिरन शर्माका अनुसार यो साता जापान, कुवेत, युएई, कतार, पोल्याण्ड, स्पेन, साउदी अरबमा रहेका नेपालीहरुमा कोरोना सँक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button