सबैभन्दा तितो तरकारी ‘करेला’ फाईदा छ अनेकौं ।
काठमाडौं । मन नपरेपनि खाने गर्नुस तिते करेला, मिल्नेछ अनेकौं फाईदा ।
यसको स्वादका कारण धेरैले यसलाई मन पराउँदैनन् । स्वाद तितो भएता पनि करेला स्वास्थ्यको लागि एकदमै लाभदायक छ ।
करेलामा पाईने भिटामिन बि, भिटामिन सि जस्ता स्वास्थयको लागि अति आवश्यक क्याल्सियम र प्रोटिन पनि पाईन्छ । करेला सेवनबाट हुने फाईदाहरु यस प्रकारका छन् ;
१. करेला नियमित रुपमा सेवन गर्दा वजन घटाउन मद्धत गर्दछ ।
२. करेला सेवनबाट ईन्सुलिनको मात्रा र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने गर्दछ, र सुगर हुनबाट बचाउन मद्धत पुर्याउँछ ।
३. यसमा फाईबरको मात्रा हुने भएकोले लामो समय सम्म भोक लाग्न दिँदैन ।
४. करेलामा क्यालोरी र कार्बाेहाईड्रेटको मात्रा धेरै हुन्छ । १००ग्राम करेलामा लगभग ३४ क्यालोरी हुन्छ ।
५. पानिको मात्रा उच्च हुन्छ त्यसैले करेला सेवनले शरीरमा फाईदा पुर्याउँछ । जस्तै बोसो बढ्नबाट पनि बचाउँछ ।
६. दब्लो र प्रेसर लो भएकोले भने धेरै सेवन गर्नु हानिकारक हुन्छ ।
।– एजेन्सीको सहयोगमा ।