
२४ घण्टामा १ हजार १८० जना कोरोना संक्रमित थपिए
काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । १९ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ छ ।
हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७९ हजार ४९२ जनामा संक्रमण भएको छ भने ७ लाख ४२ हजार ३०६ जना निको भएका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1