
काठमाडौं उपत्यकामा ह्वात्तै बढे संक्रमित, देशभर कुन जिल्लामा कति थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २,२९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।

संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।
थप तीन हजार २६० मा सङ्क्रमण, ३२ जनाको मृत्यु
तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
विगत २४ घण्टामा १५ हजार ४६२ जनामा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ ।
सो अवधिमा दुई हजार २९४ जना सङ्क्रमणमुक्त भएका छन् । आजसँगै कूल छ लाख ७७ हजार ३७७ जना सङ्क्रमणमुक्त भएका हुन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३३ जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ ।
मन्त्रालयको अनुसार ७३७ जना सघन उपचार कक्षमा १८३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
त्यस्तै ३४ हजार ८३८ जना होम आइसोलेशन, तीन हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।
काठमाडौंमा ‘शाखा अधिकृत’ बनेर युवतीसँग लिभिङ टुगेदर
उपराष्ट्रपति कार्यालयमा शाखा अधिकृत भएको भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई नियन्त्रणमा लिएको हो।
उनले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय नाम दुरुपयोग गरी नपाएको ओहोदा वा पद पाएको भनी भ्रम सिर्जना गरी ठगी गरेकाले नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।
भट्टले नेपाली सेनाका एकजना कर्णेलसँग ‘सरकारी अधिकृत’कै हैसियतमा परिचय गरेका थिए ।
कर्णेलसंग नजिकिएका उनले तस्बिर खिचाए । अफिसवाट विदा लिएर तीन वर्षका लागि क्यालिफोर्निया जान लागेको समेत उनले बताएका थिए । कर्णेलसंगको परिचयका कारण उनको झुटो पक्राउ परेको थियो ।
छोटो चिनजानमै उनले एक दिन आफन्त दुर्घटनामा परेको र उपचारका लागि ठूलो रकम लाग्ने भन्दै कर्णेलसंग पैसा सापटी मागे । कर्णेललाई शंका लाग्यो ।
उनले भट्टका बारेमा जानकारी लिन थाले । उपराष्ट्रपतिको एडिसीसंग बुझ्दा उनको सबै कुरा झुटो ठहरियो ।
उनको ठगी यतिमा मात्र सिमित रहेनछ । एक महिलालाई आफु उपराष्ट्रपति कार्यालयकै कर्मचारी हुँ भनेर संगै बस्ने समेत गरेका थिए । विवाहको आश्वासन दिएर लिभिङ टुगेदरमा बस्ने गरेका भट्ट विवाहित हुन् ।
उनको डोटीमा श्रीमती र छोराछोरी पनि छन् । महिलाहरूसँग उनी ‘अविवाहित हुँ’ भन्थे ।
तर, उनी विवाहित रहेको खुलेको छ । ति युवतीलाई आफु सिए पढ्न क्यालिफोर्निया जान लागेको भन्दै असोजमा विवाह गरेर अमेरिका जाने आश्वासन समेत दिएका थिए ।
युवती शाखा अधिकृतको तयारीमा थिइन् । युवतीलाई भट्टले ‘उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ’ भनेर आकर्षित गराए । युवतीको स्कुटरमा बेला–बेला उनी उपराष्ट्रपति कार्यालय अगाडि छाड्न र लिन बोलाउँथे ।
प्रहरीले पक्राउ गरी भट्ट माथि अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानका क्रममा उनले अन्यलाई पनि ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । भट्टले आफ्ना बुवा सिङ्गापुर प्रहरीमा एसपी पदमा कार्यरत रहेको गफ दिने गरेका थिए ।
सेतो सर्ट र नीलो सुट लगाएर हिँड्ने उनी बिना हिचकिचाहट भन्थे– ‘म अधिकृत हुँ ।’
उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।
भट्ट यसअघि साइबर क्रा’इम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ।
उनलाई २०७५ चैत्र २६ गते महाशाखाले पक्राउ गरेको थियो।
उनीबाट कोही व्यक्तिहरु पीडित भएको भए महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठगी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ।
उनीबारे थप अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ।