गौरी र पलको मार्मिक अभिनय शाहिलको निर्देशनमा हेर्नुस् भिडियो
काठमाडौं । नेपाली फिल्म क्षेत्रको चर्चित ट्रेलर कटिङको रुपमा चिनिने शाहिल खान अहिले फिल्म मात्र नभई म्यूूजिक भिडियोमा पनि उत्तिकै जम्न थालेका छन् ।
खानको निर्देशनमा हालै एक परदेशिको पिडा झल्काउने गित सार्वजनिक भएको छ ।नयाँ वर्ष २०२१ को पूर्व सन्ध्यामा ‘एक्लै हुँदा परदेशमा..’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेत्री गौरी मल्ल तथा अभिनेता पल शाहले अभिनय गरेका छन् ।
गायक तथा गीतकार कमल राई ‘सिजन’को स्वर तथा शब्दको उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत निर्देशन छ ।
उक्त गीतको भिडियोमा गौरी र पलले मन छुने अभिनय गरेका छन् ।
भिडियोमा गौरी र पल आमा र छोराको भुमिकामा छन् ।
निर्देशक खानले गौरी र पललाई आमा र छोराको रुपमा लोभलाग्दो केमेष्ट्रि पस्कन सफल भएका छन् ।
पलले यो भिडियोमा प्रसस्त मेहेनत गरेको देख्न सकिन्छ ।
भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् भने छायांकन अर्जुन तिवारीको छ ।
भिडियोमा समावेश कथा सरोज सुब्बाको हो ।
भिडियोलाई अमेरिकामा रहँदै आएकी सुमी राईले निर्माण गरेकी हुन् ।
बाल कलाकारको भुमिका मुमिन कायस्थले निभाएका छन् ।