चलचित्र सम्हालिन्छ कहिले मनको ट्रेलर सार्वजनिक

आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र सम्हालिन्छ कहिले मन को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर यूट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाईएको छ ।

ट्रेलरमा नेपाल, युके र दुबैको रमणीय स्थान समाबेश गरिएको छ साथै लभ, रोमान्स र वियोग देख्न सकिन्छ । चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ भने गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल लगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

एवि इन्टरनेशलको ब्यानरमा निर्मित चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन भने चलचित्रको निर्मातामा अमित बस्नेत, सह- निर्मातामा परी राना र अजित कुमार थापा साथै कार्यकारी निर्मातामा सनिस खकुरेल र अन्कित गौतम हुन् । चलचित्रमा अर्जुन पोखरेल र तारा प्रकाश लिम्बुको शव्द/ संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button