सुरज लामिछाने र नारायण रिजालको निर्देशनमा लघु टेलिफिल्म Facebook Insiatable Desire सार्वजनिक
काठमाडौं : सुरज लामिछानेको कथा, पट्कथा, सम्बाद, साथै नारायण रिजाल र सुरज लामिछानेकै निर्देशनमा एउटा समसामयिक लघु टेलिफिल्म ( short movie ) Facebook Insiatiable Desire ( फेसबुक अतृप्त इक्छा ) सार्वजनिक भएको छ। सो टेलिफिल्मलाई शिव कैलाश मिडिया युटुब च्यानलबाट प्रशारण गरिएको छ ।
लामिछानेले मन छुने गीत संगीत मार्फत आफुलाइ चिनाउदै आएका छन । साथै उनले यस शर्टफिल्म मार्फत कथा लेखन तथा निर्देशनमा पनि आफ्नो क्षमता देखाउने प्रयास गरेका छन।
उनले फिचर फिल्म बटरफ्लाईको टाइटल गीत लेखेर प्रशंसा समेत बटुली सकेका छन् । उनले थुप्रै गीतहरु लेखेका छन् साथै संगीतमा पनि आफुलाइ स्थापित गर्ने कोसिस गर्दैछन् । उनको गीतले पृथकता बोकेको हुन्छ।
यस फिल्म मार्फत फेसबुकले समाजमा कस्तो असर पुर्याएको छ भनेर देखाउन खोजिएको छ। शोशल मिडियाको प्रयोग जानेर बुझेर मात्र गर्नु पर्छ नत्र यस्ले दुखद् परिणाम निम्त्याउन सक्छ भन्ने कुरालाइ कमेडी पारामा म्यासेज सहित देखाइएको छ।
यस फिल्मका निर्देशक सुरज लामिछानेका अनुसार कथा, गीत ,संगीतले नेपाली मौलिकता बोकेको हुनुपर्छ साथै समाजको कुरिती कु-संस्कार विरुद्ध आवाज उठाउन सक्नुपर्छ जस्ले थोरै भएपनि देश र समाज परिवर्तनको लागि योगदान दिन सकोस ।
यस फिल्ममा छायांकन के. बि नेपालीको रहेको छ भने सम्पादन कृष्ण बहादुर नेपाली र नारायण रिजालले गरेका छन् । कलाकारमा रोशन बुढाथोकी , शोभा भण्डारी , श्री राम खकुरेल , नरेन्द्र मगर साथै बाल कलाकार आस्तिक रिजाल लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ।