यस्ता छन अक्षय कुमारका छोरा, उनको सुन्दरले कयौ युवती घायल

अक्षय कुमारका छोरा आरव भाटिया १९ वर्ष पुगेका छन् । उनि मिडिया बाट टाढा नै बस्छन् तर आफ्नो ड्यासिङ लुकका कारण उनले आफ्ना लागि उल्लेख्य फ्यानबेस खडा गरेका छन् ।  उनि असाध्यै सुन्दर भएका कारण बेला बेला उनको तस्बिर सोसल मिडियामा भाईरल भईरहन्छ।

हुन त आरवलाई सार्वजनिक रुपमा कमै देखिन्छ । तर जब उनी पापाराजीको क्यामरामा कैद हुन्छन्, तब ती जताततै छाउँछन् । आरवको पार्टीका तस्बिर होस् वा क्यान्डिड तस्बिर, उनको ह्यान्डसम र चार्मिङ लुक्सका कारण कयौ युवतीहरु उनि प्रति फिदा हुन्छन् ।

आरवको एउटा तस्बिर जुन सबैभन्दा बढी भाइरल भएको थियो । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको कान तानिरहेको देखिएका थिए । प्रधानमन्त्रीले आरवलाई गुड बोय भनेका थिए । यो तस्बिर सन् २०१६ को हो जब मोदी इन्टरनेशनल फ्लिट रिभ्यूमा उपस्थित भएका थिए । त्यहाँ आरव पनि सरिक भएका थिए ।

आरव आफ्ना पिताजस्तै ह्यान्डसम छन् । उनको लुक्स धेरथोर उनका पिता अक्षयसँग मेल खान्छ । पिता र छोराबीच उत्कृष्ट बन्ड छ । आरव आफ्नी आमाको निकै नजिक छन् । ट्वीङ्कल खन्ना सोसल मिडियामा छोराको जीवनसँग जोडिएका अपडेट्स सेयर गरिरहन्छिन् । आरवलाई आफ्नो पितालाई झैं पकाउन निकै शौक छ । आरवको सेन्स अफ ह्युमर पनि निकै राम्रो छ ।

आरव पार्टीमा पनि निकै रमाउँछन् । सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानसँग आरव धेरैजसो पार्टी गरिरहन्छन् । यी दुई निकै मिल्ने साथी हुन् । आरव र इब्राहिमलाई थुप्रै पटक सँगै देखिएको छ । आरवलाई खेलकुदमा पनि निकै शौख छ ।

आरवको बलिउडमा प्रवेशको विषयमा विभिन्न अड्कलबाजी गरिन्छन् । छोराको बलिउडमा आउन सक्ने सम्भावना बारे अक्षयले भनेका थिए – मेरो छोरा निकै फरक छ । ऊ मेरो छोरा हो भनेर कसैलाई पनि बताउन चाहँदैन । उनी लाइमलाइटबाट टाढा नै बस्न चाहन्छ । ऊ आफ्नो पहिचान आफैं स्थापित गर्न चाहन्छ । म उसलाई उसको आफ्नै तरिकाले बस्न दिन्छु । मेरा पिता मेरो जीवनको प्रेरणा हुन् । मैले उनको सबै नियम पालना गरेँ जुन उनले मलाई सिकाए । आशा गर्छु, आरवले पनि त्यो सब पाउनेछन् ।

आरव निकै क्षमतावान छन् । उनी आफ्ना पिताजस्तै मार्शल आर्टस्मा ट्रेन्ड छन् । आरवसँग ब्राउन बेल्ट छ । उनले जूडो नेशनल च्याम्पियनशिपमा गोल्ड मेडल जितेका छन् । आरवको चार्मिङ पर्सनालिटी र गुड लुक्स धेरैजसो चर्चामा छाइरहन्छ । आरवको नाममा इन्स्टामा थुप्रै फ्यानक्लब बनेका छन् जहाँ आरवका क्यान्डिड तस्बिर र सेल्फी भाइरल भइरहन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button