यस्ता छन् अमिताभ बच्चनका कार, जस्को मुल्य सुन्दै छक्क पर्नु हुन्छ

भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । उनीसँग लगभग एक दर्जन लक्जरी कार छन् । यी सबै मध्ये उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।

अझै महत्वपुर्ण पक्ष के छ भने उनीसँग सबै गरी ११ लक्जरी कार छन् । अमिताभको जन्म दिन पनि अक्टोवरको ११ तारिखमै हो । अमिताभ बच्चनसँग सानदार रोल्स रोयस फ्यान्टम कार छ । जेम्स बन्डले आफनो फिल्ममा पनि यही कार प्रयोग गर्थे । भारतीय बजारमा रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । उनीसँग बेन्टलेको कार सिजिटी पनि छ । यसको मूल्य लगभग २ करोड रुपैयाँ पर्छ ।

अमिताभलाई सर्वाधिक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ । मर्सिडिज एस ६०० । यो सानदार कार उनले निकै शौखिन तरिकाले चलाउछन् । यसको मूल्य ६ करोड रुपैयाँ पर्छ । उनीसँग मर्सिडिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । उनीसँग पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button