
प्रचण्ड र महरालाई किन भेट्न पुगे फिल्मकर्मी ? एमसीसीका बारेमा राखे यस्तो चासो
काठमाडौं । महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो फिल्म क्षेत्र ।

अन्य क्षेत्र केही संचालनमा आएपनि फिल्म क्षेत्रभने पुरै ठप्प छ । महामारी भए यता फिल्म बनेका छैनन भने हलहरु पनि बन्द भएका छन् ।

फिल्मकर्मीको एक टोलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर कलाकारको समस्याबारे जानकारी गराएका छन् ।
नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष, अभिनेताा तथा निर्माता नवल खड्काको नेतृतवमा गएको फिल्मकर्मीको टोलीले प्रचण्ड र महरालाई भेट्दै लकडाउनका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्मको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।
अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न नेताद्वयलाई आग्रह गरेका थिए ।
पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताए ।
‘फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।
पूर्व सभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।
लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
केन्द्रीय राजनीतिमा देखिएको राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा पनि पर्यो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभामा अविश्वास प्रस्ताव परेपछि उनले त्यसको ‘फेस’ नगरेर राजिनामा दिएका छन् । अल्पमतमा पर्ने अवस्था देखिएपछि पोखरेलले राजिनामा दिएका हुन् ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएको पुष्टि गरे । प्रदेशसभा विशेष अधिवेशन आह्वान भएकै दिन साढे तीन वर्षपछि प्रथम मुख्यमन्त्री पोखरेलले आफ्नो पद छाडेका हुन् ।
पोखरेलको सत्ता ३ महिनादेखि संकटमा थियो ।
बुधवार बिहान भएको एमाले संसदीय दलको बैठकमा पोखरेललाई आफ्नै पार्टीका सांसदले राजिनामा दिन सुझाव दिएका थिए । लुम्बिनी प्रदेशकी सांसद विमला वलीको घटनाका कारण पनि पोखरेल अप्ठेरोमा परेका थिए ।
वलीले आफुलाई मुख्यमन्त्री कार्यालयमा ब न्ध क बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।
२०७४ फागुन ३ गते पोखरेलले पहिलो पटक दुई तिहाइ बहुमत प्रदेश सरकारको नेतृत्व गरी मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए ।
विपक्षी गठबन्धनले तेस्रो पटक प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । एमाले र माओवादी अलग(अलग भएपछि शंकर पोखरेल नेतृत्वको सरकार संकटमा पर्न सुरु भएको थियो ।