सुनको मूल्य घट्यो, तोलामा कति?

स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सयले घटेको हो । मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैंयाले घटेको छ ।

महासंघका अनुसार सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button