
दुई दिनसम्म समुन्द्रमा डुब्दा पनि युवती जिवितै, तर कसरी ?
एजेन्सी । पानीमा मानिस कति समयसम्म बाँच्न सक्छ ? बढीमा २ वा ४ घण्टा ? तर चीनकी एक नागरिक समुन्द्रमा डुबेको ३८ घण्टासम्म जिवितै रहेको र उनको उद्धार गरिएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार सांघाईकी फान नाम गरेकी महिला जहाँजबाट खसेपछि बेपत्ता नै भएको र खोज्दा खोज्दै ३८ घण्टा लागेको हो । ७ तला अग्लो जहाजबाट खसेकी उनी जहाजको डिलबाट समुद्रको दृश्य हेर्दा हेर्दै पानीमा खसेकी थिइन् ।

फानका आमा बुबाले कयौं घण्टासम्म आफ्नी छोरी राएको थाहा पाएका थिएनन् । जसलाई चमत्कारको संज्ञा दिइएको छ । उनलाई उद्धारपछि तत्कालै अस्पताल भर्ना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1