असारमा तिर्न नसकेको ब्याज तथा किस्ता पुस मसान्तसम्म तिर्न सकिने

काठामाडौं । बैंक तथा वित्तीय संस्थाले किस्स्ता घटाएर कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नु पर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दे सो निर्देशन दिएका हुन् ।

कोभिड-१९ को प्रभावलाई मध्यनजर गरी प्रवाहित कर्जामा बैंक तथा वित्तीय संस्था स्यमले अध्ययन गरी किस्ता रकम घटाइ भुक्तानी अवधि घटाउन सक्ने उनले बताए ।

साथै, निषेधाज्ञा अवधिभरको भुक्तानी बाँकी रहेको २०७८ असार मसान्तसम्म साँवा ब्याज भुक्तनी गर्न नसकेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले २०७८ पुस मसान्तसम्म भुक्तानी अवधि थप गर्न सक्ने उनले बताए ।

यस्तो सुविधा बैंक तथा वित्तीय संस्थाले ऋणी मुल्यांकन गरी स्यम दिन सक्नेछन् ।

कोभिड महामारीबाट अति प्रभावित होटेल, ट्राभल, ट्रेकिङ, हवाई सेवालगायत पर्यटनमा निर्भर रहने व्यवसायी ऋणीको हकमा वित्तीय अवस्था विश्लेषण गरि आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने व्याजको छुट्टै हिसावमा राख्ने व्यवस्था हुने भएको छ ।

यस्तो रकममा थप हर्जाना र पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाइने अधिकारीले बताए ।

कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरन्जन व्यवसायका ऋणले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज दायित्वको समयावधि एक वर्ष थप गर कम्तिमा चार किस्तामा तिर्न सकिने व्यवस्था गरिने भएको छ ।

यो व्यवस्था कोभिड १९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायलाई समेत लागु हुने भएको छ ।

कोभिड १९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरी २०७८ साल पुस मसान्तसम्म पुनसंरचना तथा पुनरतालिकीकरण हुने समेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

यस्तै विकास बैंक र लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार विकास बैंक, वित्त कम्पनी र थोक कर्जाको कारोबार गर्ने लघुवित्तले चालु आर्थिक वर्षदेखि चुक्ता पूँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका हुन् ।

यस्तैगरी, कोभिड–१९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् ।

होटल, पर्यटनलगायत अति प्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधा पाएका हुन् । यस्तै बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीले राहत पाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्ने ऋणी लगातर तीन वर्षसम्म घाटामा गएमा मात्र सुक्ष्म निगरानी गर्न पाउने भएका हुन् ।

यसअघिसम्म लगातार दुई वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले सुक्ष्म निगरानी गर्ने गरेका थिए । उक्त निगरानीको सीमा बढाएर तीन वर्ष बनाइएको हो ।

साताको शेयर बजार ः ६४ अर्ब ५२ करोडको कारोबार

जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।

लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ ।

कारोबार रकमसमेत यस साता रु १५ अर्बभन्दा बढी देखिएको छ ।

साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कूल १० करोड ४० लाख २४ हजार ९११ कित्ता शेयर कारोबार भयो । कूल रु ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको शेयर किनबेच भयो ।

साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा देखिएको थियो । सो दिन अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ ।

व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको थियो ।

त्यसदिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो ।

यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए । तर नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको थियो । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए ।

त्यस दिनको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको नेप्सेको विवरणमा उल्लेख छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुग्यो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । त्यस दिन घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो ।

कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुग्यो ।

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लाग्यो ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचकले कीर्तिमान कायम ग¥यो । लगातार उकालो लाग्दै आएको नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुग्यो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुग्यो ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुग्यो ।

कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो ।

यस्तै जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थान रही रु ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो ।

साताको चौथो दिन बुधबार नेप्सेमा अर्को इतिहास कायम भयो । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा दोहोरो अंकको सुधार देखियो । त्यसदिन १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुग्यो । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुग्यो । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भयो ।

त्यसदिन पनि अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भए । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ ।

सोही आधारमा अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लाग्यो ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । त्यसदिन कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुग्यो ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आए पनि चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा ‘दोहोरो अङ्क’ को करेक्सन देखियो ।

त्यसदिन नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुग्यो । कूल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यसदिन बजार बन्द हुँदा रु ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ बराबर पुग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो ।

साताभरमा जीवन विकास लघुवित्त ५२.२८, घलेम्दी हाइड्रोपावर ३९.०३, फस्ट माइक्रोफाइनान्स ३२.४०, कालिका पावर कम्पनी २९.९१, आँखु खोला जलविद्युत् कम्पनी २२.५५ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २०.४४ प्रतिशतले कमाए ।

त्यस्तै, चन्द्रागिरी हिल्स ७.९४, प्रभु इन्स्योरेन्स ६.३७, गुडविल फाइनान्स ६.१५, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ५.२९ र ग्लोबल आइएमई लघुवित्रका लगानीकर्ताले ४.५४ प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button