८ वर्षदेखी हराएका श्रीमान ‘सबैको बाबा हुन्छन् हाम्रो बाबा किन छैन’ भन्दै छोरीले सोध्दा म र्न मनलाग्छ भन्दै श्रीमती रोएको भिडियो हेरेपछि आए सम्पर्कमा, यस्तो छ भित्री कारण (भिडियो हेर्नुस्)

आफ्ना छोरीहरुले सबैका बाबा हुन्छन् ममी हाम्रो बाबा किन हुनुहुन्न भनेर भन्छन् भन्दै आमाले मिडियामा भनेको भिडियो हेरेपछि मलेसियामा ८ वर्षदेखि सम्पर्क विहिन भएका श्रीमान सम्पर्कमा आएका छन् ।

कान्छी छोरी ७ महिनाकी हुँदा विदेश गएका श्रीमान अहिले छोरी ८ वर्षको हुँदा सम्म पनि फर्केर आएका थिएनन् । श्रीमान मलेसियामै हराएको ८ वर्ष पछि श्रीमतीले मिडियामा आफ्ना कुरा राखेकी थिइन् । उनले छोरीहरुले बाबाको बारेमा सोध्दा आफुलाई निकै नराम्रो लाग्ने बताएकी थिइन् ।

त्यो भिडियो हेरेपछि आफुलाई श्रीमानले फोन गरे पछि महिला खुसी भएकी छन् । उनले मिडियामा मेरो कुरा सार्वजनिक नगर म अब सम्पर्क विहिन हुँदिन भनेर श्रीमतीलाई सम्झाएका थिए । उनले त्यसरी प्रशारण गरेको भिडियो पनि हटाउन आग्रह गरेका थिए ।

उनको ठुलो छोरी नै ११ वर्षको भइसकिन् । एउछा छोरी ४ र अर्की छोरी एकमा पढ्छिन् । भर्खर जन्मिएकी कान्छि छोरीलाई छोडेर मलेसिया गएका उनका श्रीमानले न पैसा पठाए न फोन सम्पर्क नै गरे । उनले आफै दुखसुख गरेर छोरी हुर्काएकी छन् ।

उनी चाहन्छिन् यदि श्रीमान आफुसंग खुसी छैनन् भने जो संग रहन चाहन्छन् उतै बसुन तर छोरीहरुको भविष्यका लागि भने साझेदारी गरुन् । उनीहरुलाई वुवा छंदा नै बुवा विहिन हुन नपरोस् । आफुले कसरी श्रीमानको खोजी गर्ने भन्ने थाहा नपाएका कारण उनले ७ वर्ष सम्म कतै खोज्न गइनन् ।

धनकुटा सासु ससुराको घरमै बस्दा पनि छोरीहरु विरामी हुँदा पनि वास्ता नगर्ने, घरमै नबस्ने गर्ने गरेकाले आफु माइत आएर बस्न थालेको बताउँछिन् । उनीहरुले बाबा छन् भन्ने महशुष गर्न पाउन भनेर अहिले उनले श्रीमानलाई सम्पर्कमा आउन आग्रह गरेकी छन् ।

यो पनि,,,कोरोनाले आतंक मच्चाई रहेका बेला काठमाडौंमा पक्राउ परे यस्ता डरलाग्दा ब्यक्ति

महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको सिनामंगलस्थित एक ल्याबमा छापा मार्‍यो। प्रहरीलाई सूचना थियो- ल्याबले बिनास्वाब कोरोना भाइरस संक्रमणको पिसिआर रिपोर्ट दिँदैछ।

नेपालबाट विदेशिएका मानिसहरूको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिए पनि उता पुग्दा पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेको थियो। यो कुरा आएपछि महाशाखाले अनुसन्धान अघि बढाएको महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए।

‘नेपालमा नेगेटिभ रिपोर्ट देखाएर विदेश गए। त्यहाँ पुगेपछि कसैकसैको रिपोर्ट पोजेटिभ देखियो। राष्ट्रकै बेइज्जत हुनेभयो। नेपालमा गरेको पिसिआरलाई मान्यता नदिने कुराहरू पनि सुनिन थाल्यो,’ रेग्मीले भने,’ हामीले पनि अरू विशेष सूचना पाइरहेका थियौं।’

त्यसरी नक्कली पिसिआर रिपोर्ट बनाएर दिन थालेको कुरा आएसँगै पछिल्लो केहीदिन यसमा केन्द्रित भएर सूक्ष्म तरिकाले प्रहरीले अनुसन्धान अघि बढायो।

काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लिका संचालक डा.सि.पी.श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लिका सन्चालक प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी लगायतका व्यक्तिले नक्कली रिपोर्ट बनाउने गरेका हुन् ।

नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख डा.खेलानन्द प्रसाद सिंह सहित ८ जना ब्यक्तिहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरुबाट नक्कली रिपोर्ट समेत बरामद भएको छ । कतिपयमा पोजिटिभ देखिने भएपनि विदेश जान नेगेटिभ चाहिने भएकाले यसरी चर्काे मुल्य लिएर परीक्षण नै नगरी निगेटिभ रिपोर्ट दिने गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु :

१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।

२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।

३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।

४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।

५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।

६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।

७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।

८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button