७४ वर्षकी वृद्धाले गरिन् गोरुसँग बिहे, कारण सुन्दा सबै छक्क !

के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ ? यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् । उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् ।

उसलाई खुवाउँछिन्, प्रेम गर्छिन् र ओछ्यानमा समेत सँगै सुताउँछिन् । यो घटना कम्बोडियाको हो । खिम ह्यांग नामक ७४ वर्षकी महिला अहिले निकै चर्चामा छिन् । उनको घरमा पनि रमितेहरुको भिड लाग्छ । उनी र उनको नयाँ बाच्छो लोग्ने हेर्न मानिसहरु आउने गरेका छन् ।

कोही महिलाले गोरुसँग बिहे गर्नु दुनियामा कहीँ नभएको कुरा नै हो । तर खिम ह्यांग भने उक्त बाच्छो आफ्नो साँच्चीकै लोग्ने भएको बताउँछिन् । यसअघि मृत्यु भइसकेका आफ्ना पति टोल खुतले सो बाच्छोको रुपमा पुनर्जन्म लिएको उनको दाबी छ ।

खिमका अनुसार एकदिन उनका मृत पतिको आत्मा उनको नजिक आएर आफु मृतक पति टोल खूत भएको बताएछ । त्यसपछि तत्कालै उक्त गाइको बाच्छो खिमको नजिक आयो र उनको कपाल चाट्न लाग्यो । साथै उनको गर्धनमा पनि चाट्यो ।

खिमका अनुसार त्यो बाच्छो ठ्याक्कै उस्तै प्रकारले सिँढी उक्लिने गर्छ जसरी उनका पति टोल खूत सिँढी चढ्दथे । तत् पश्चात उनले उक्त बाच्छोसँग बिहे गरेर आफ्नै पतिको रुपमा स्विकार गरिन् ।

आफ्नो पति बस्ने कोठामै राख्न थालिन् । खिमले उक्त बाच्छोलाई आफ्नो पति मानेपनि उनका छोराछोरीहरुले चाहीँ गोरुलाई आफ्नो बाउ मान्न तयार छैनन् ।

यो पनि,,,,७३ वर्षकी वृद्ध महिलाले जब ‘मलाई दुलाहा चाहियो’ भन्दै विज्ञापन छपाइन्

एजेन्सी । भनिन्छ, प्रेम र विवाहको कुनै उमेर हुँदैन । तर वृद्ध अवस्थामा गरिने विवाहको भने चर्चा हुने गर्छ । अझ त्यसका लागि विज्ञापन नै गरेर जोडी खोज्न थालियो भने प्रतिकृया के आउला ? हालै यस्तो घटना भारतमा भएको छ ।

भारतको कर्नाटकको मैसुरमा एक एक ७३ वर्षीया वृद्ध महिलाले आफुलाई दुलाहा चाहियो भन्दै विज्ञापन नै छापेपछि चर्चा पाएको छ ।

उनी अवकाशप्राप्त महिला शिक्षक हुन् । अझ अचम्मको कुरा के भने उनको विज्ञापनमा धेरैले चासो देखाएका छन् । एक जना ६९ वर्षका व्यक्तिले उनीसंग विवाह गर्ने इच्छा पनि देखाएका छन् । ति पुरुष अवकाशप्राप्त इन्जिनियर हुन् । उनले यस वाहेक आफ्नो बारेमा केही खुलाएका भने छैनन् ।

महिलाले गरेको विज्ञापन र पुरुषले गरेको प्रतिकृया पछि विवाहको विज्ञापनले धेरैको ध्यान आकृष्ट गरेको छ । विज्ञापनमा वृद्धा महिलाले आफूभन्दा बढी उमेरका जीवनसाथी चाहिएको बताएकी छन् । तर उनलाई कम उमेरका पुरुषले विवाह गर्न चाहेको भन्दै इच्छा ब्यक्त गरेका छन् ।

महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छिन् ।

केही महिलावादीहरुले भने यसलाई सकारात्मक रुपमा लिएका छन् । बेंगलुरुकी महिलावादी कार्यकर्ता वृन्दा अदिगेले इन्डिया टुडेसँगको कुराकानीमा यसलाई निकै सकारात्मक पहल बताएकी छिन् । उनले यो कुरासँग उमेरको कुनै लेनदेन नभएको र कसैले कसैलाई साथी बनाउन सक्ने बताएकी छिन् । उनी भन्छिन्, ‘हामी सबैले यो कुराको सम्मान गर्नुपर्छ । हामी लामो समयदेखि यो धारणामा छौं कि युवावस्थामा नै विवाह गर्नुपर्छ । ’

ती वृद्ध महिलाले आफू पारम्परिक तरिकाका श्रीमानसँग आफ्नो जीवन बिताउन चाहेको बताएकी छिन् । जानकारीका अनुसार ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button