६ वर्षसम्म पहाडमा लुक्दा भेडामा उ’म्रियो २७ किलोको ऊन ( भिडियो सहित)

एजेन्सी : न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उ’म्रेको छ । फार्ममा हुँदा उसको शरीर बाट ऊन नियमित रूपमा काढिने गरेको थियो तर पहाडमा ऊन बढ्दै गयो ।

पहाडमा रहँदा शिकारी ब्वाँसोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊनका कारण उसको शरीरमा दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो । तर न्युजील्यान्डका पत्रकार ल्युक एप्पलबाई तथा अन्यले देशमा शि’कारी ब्वाँसोनै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् ।

तर बेन्डिगो स्टेसनबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको थियो । ६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो। त्यसलाई लिलाम गरेर बेचिएको छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको छ । न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको भिडीयो हेर्नुहोस् ।

६ घन्टासम्म रोकिएकाे महिलाको मुटु फेरी चल्न थालेपछि…

काठमाडाैं । मानिसको मुटुले एक पटक काम गर्न छोड्यो भने मृत्यू हुन्छ । तर विश्वमा यस्ता किसिमका चमत्कार पनि हुने गर्छ जसलाई पत्याउनै मुश्किल हुने गर्छ । जिन्दगी र मृत्यूसँग जोडिएको यो चमत्कार कैयौ पटक सामान्य मानिसका साथै मेडिकल साइन्सलाई पनि हैरानीमा पार्ने खालको हुने गरेको छ ।

बार्सिलोनामा यस्तै भएको छ । याहाँ एक महिलाको मुटु ६ घन्टासम्म रोकिएर फेरी चल्न थालेको छ । डाक्टरले यसलाई दुर्लभ घटना भएको बताएको छ ।

३४ वर्षकै अड्रीलाई यस्तै भएको छ । बार्सिलोनामा बस्ने अड्री हालसालै हाइकिङका लागि पति रोहनसँग स्पेनको पर्वतीय इलाकामा गएकी थिइन् । यसैबीच हिउको आधी आयो र उनीहरु दुवै यसमा फसे । तीव्र बर्फिलो हावाको प्रभाव यस्तो थियो कि अड्रीले यसलाई सहन सकिनन् र केही समयपछि उनको मुटुको धड्कन बन्द भयो र उनी बेहोस भइन् ।

तीव्र आधिका कारण उद्धार र बचाउ सेवा पनि ढिलोगरी मात्रै उनी भएको ठाउँमा पुग्यो । उनी बेहोस भएकाले उनको शरीरमा कुनै हलचल देखिएन । व्यापाक हिउमा घन्टौ बेहोस भएकि पत्नीलाई रोहनले मरिसकेको मानेका थिए । तर, जब ६ घन्टापछि बार्सिलोनको एक अस्पतालमा भर्ना गरिएपछि डाक्टर अड्रीको जीवन बचाउन सफल भए र डाक्टर पनि यो घटनाबाट अचम्मित भएका छन् ।

डाक्टरका अनुसार हाइपोथर्मियाका कारण अड्रीको मुटुको धड्कन रोकिएको थियो । तर यसले उनको शरीर र मस्तिष्कमा कुनै नोक्सानी पुगेन । यसपछि उनको ज्यान बचेको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button