३ वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याईन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन् ।
शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्के खोलाको पानी ल्याउनुपर्ने बताए ।
याङ्ग्री र लार्केको पानी पनि मेलम्चीकै पानी ल्याएको टनेलबाट ल्याउने भन्दै उनले, ‘हाम्रो तदारुकताका हिसाबले पनि अनावश्यक लामो सयय लिन सक्दैन ।’
प्रधानमन्त्री ओलीले तीन वर्षमै याङ्गी र लार्केको पानी ल्याउने तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालय र सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।
उनले मेलम्ची भन्दा मानिसहरुले नपत्याउने भन्दै आयोजनाको नाम फेर्न समेत सुझाए ।
मेलम्ची खोलाबाट झण्डै १२ किलोमिटर टाढा रहेको याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउन ११ किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।
प्रधानमन्त्रीले तीन वर्षमै सक्ने भनेपनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यो आयोजना बनाउन ४ वर्ष लाग्ने देखिन्छ ।
यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्नेछ ।
हाल मेलम्चीबाट १७ करोड लिटरले काठमाडौं आएको छ । याङ्ग्री र लार्के खोला मिसाएपछि यो ५१ करोड लिटर हुनेछ ।
आयोजनाका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जग्गा अधिग्रहणको काम चलिरहेको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो ।
यो पनि, एयरपोर्टबाट ५ सय १६ ग्राम सुनसहित दुईजना पक्राउ
फ्लाइ दुबइबाट ल्याइएको ५१६ ग्राम सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा ल्याइएको सुन लिएर आउने र सुन लिन आउने दुईजनालाई पक्राउ गरेको एयरपोर्ट सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
उनले भने, ‘फ्लाइ दुबइबाट आएको यात्रुको साथबाट भन्सारले चेक गर्ने क्रममा ५१६ ग्राम सुन फेला परेको छ। ‘ उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय विष्णु भण्डारी र काभ्रेका कमल कृष्ण केसी रहेका छन् ।
उनीहरुलाई पार्किङ एरियाबाट नियन्त्रणमा लिइ भन्सारलाई बुझाएको एसपी बास्तोलाले बताए ।