३ वर्षका बालकवाट भयो यति ठूलो घटना, ८ महिने भाईको मृत्यु
एजेन्सी । अभिभावकले सावधानी नअपनाउँदा तीन वर्षको बालकवाट ठूलो घटना भएको छ । अर्का ८ महिने शिशुको मृत्यु भएको छ । अभिभावकले ह ति या र सुरक्षित नराख्दा ३ वर्षका बालकले त्यसको प्रयोग गरेका छन् ।
अमेरिकाको ह्युस्टन शहरमा तीन वर्षका अबोध बालकले ब न्दु क चलाउँदा आफ्नै आठ महिने भाइको मृत्यु भएको छ । उनले ब न्दु क खेलाउँदा उक्त घटना भएको थियो ।
एबीसी न्युजका अनुसार खेल्ने क्रममा ब न्दु क चलेको थियो । नजिकै रहेका ८ महिने शिशुलाई लागेको हो । शुक्रबार घरमा राखिएको ब न्दु क खेलाउने क्रममा बालकबाट अन्जानमा यो घटना हुन पुगेको हो।
ह्युस्टन प्रहरी विभागका सहायक प्रमुख वेन्डी बेमब्रिजले यो घटना दुखद् भनेका छन् । शिशुको पेटमा गो ली ला गे को थियो। जसका कारण अत्यधिक र क्त श्राव भएको थियो।
यो घटना लगत्तै परिवारका सदस्यले घाइते भएका शिशुलाई अस्पताल लगेका थिए। तर उनको अस्पतालमै मृत्यु भएको हो।
घटनापछि बेमब्रिज भन्छन्,‘म सबै अभिभावकसँग यो अपिल गर्न चाहन्छु कि आफ्नो ह ति या र हरु बालबालिकाको पहुँचभन्दा परै राखौं। तपाइँ आफ्नो ह ति या र सुरक्षित राख्न विभिन्न उपाय खोज्न सक्नुहुन्छ। यो निकै दुखदायी घटना हो।’
एक ब्यक्तिले शेष पछि फोक्सो दान गरे, चिकित्सकले फोक्सो झिक्दा देखियो यस्तो, परे आश्चर्यमा
मान्छेले केही यस्तो कर्म गर्छन् त्यसको फल धेरै पछि पाउने गर्छन् । यस्तै एक घटना चिनमा भएको छ ।
त्यहाँ एउटा स्त ब्ध बनाउने भिडियो आएको छ । जसमा एकजना शृङ्खलाबद्ध चु रो ट ता न्ने (चे न स्मो क र) को फोक्सो कालो भएको देखाइएको छ ।
५२ वर्षीय एक चिनियाँ बिरामीले मृ त्यु पछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृ त्यु पछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यारोपणका लागि फोक्सो निकाल्दा आफैं चकित भए ।
उक्त सुविधा दिने अस्पतालका उपाध्यक्ष समेत रहेका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गरेका थिए ।
उनले भने, “मृ त्यु अघि बिरामीको सीटी स्क्यान गराइएको थिएन, उनको ‘ब्रै न डे ड’ भएको घोषणा गरियो, लगत्तै उनको फोक्सो दान गरियो ।” उक्त फोक्सो पूरा कालो भएको र त्यसभित्र टारको मात्रा अत्याधिक रहेको पाइएको थियो ।
“प्रारम्भिक अक्सिजेनेशन सूचकाङ्क ठीकै थियो, तर हामीले दान गरिएको अ ङ्ग का टे पछि प्रत्यारोपण गर्न नसक्ने महसुस गर्यौं”, डाक्टर चेनले थपे – हामी चिनीयाँ चु रो ट धेरै खा न्छौं, तर चु रो ट खा ने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्दपी केही मापनका आधारहरू छन् । डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।
तत्कालै मृ त्यु भएको ६० वर्ष मुनिका ब्यक्तिको फोक्सो सामान्य सं क्र म ण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताए । “यदी माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौं”, उनले प्रष्ट्याए ।
वर्ष २०१८ मा चिनीयाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड ब्यक्ति धु म्र पा न गर्छन् । विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययन बमोजिम नेपालमा धु म्र पा न ले वार्षिक २७ हजार १३७ ब्यक्तिको मृ त्यु हुँदै आएको छ ।
जुन कुल मृ त्युको १४.९ प्रतिशत हो । औसतमा ३० लाख ४६ हजार नेपालीले दैनिक धु म्र पा न गर्छन् । १०–१४ वर्ष उमेरका २१ हजार बालबालिका धु म्र पा न गर्दै आएको तथ्याङ्कले देखाएको छ ।