ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस आजको मूल्य

शुक्रबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९२ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २  सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

एमालेले महिला युथ फोर्स गठन गर्ने

नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ।

सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ।

साउन २३ गते काठमाडौंमा बृहत् भेला गर्ने र त्यस दिन उपत्यकास्तरीय महिला युथ फोर्स घोषणाको तयारी गरिएको हो।

राष्ट्रिय युवा संघ नेपालले बृहत युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा राष्ट्रिय सभागृहबाट गर्न लागेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी छ।

जसपाले संगठन सुदृढीकरण र जागरण अभियान चलाउने

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ।

बुधवार पार्टी कार्यालय तुल्सीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताए।

उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए।

प्रवक्ता खतिवडाले भने, ‘संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ। यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म ४ महिना चल्नेछ, र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि मुख्य ४ वटा कामहरु हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडीहरु जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम यो अभियान अन्तर्गत हुनेछ।’

बैठकले पार्टी भित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धी घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए।  

प्रवक्ता खतिवडाले भने, ‘संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ। यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म ४ महिना चल्नेछ, र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि मुख्य ४ वटा कामहरु हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडीहरु जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम यो अभियान अन्तर्गत हुनेछ।’

बैठकले पार्टी भित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धी घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button