ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो?

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । 

गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । 

यता, चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

कार्यदलको १० बुँदे प्रस्ताव परिष्कृत गर्नुपर्छः युवराज ज्ञवाली

नेकपा एमालेको माधव समूहका नेता युवराज ज्ञवालीले यसअघि एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव परिष्कृत गरेरमात्रै पार्टी एकता हुने बताएका छन् ।


उनले माधव नेपाल समुह हरसम्भव उपायबाट एमाले एकताको पक्षमा उभिने पनि प्रस्ट पारेका छन् ।

यसअघि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई थप अपडेट र परिष्कृत गरेर सहमति खोज्नुपर्छ ।

त्यसो गरियो भने एमाले एकता सम्भव छ’, ज्ञवालीले भने, ‘एमालेलाई दक्षिणपन्थी भासबाट जोगाउन पनि पार्टी एकता जरुरी देखियो त्यसका लागि १० बुँदेलाई परिस्कृत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

उनले १० बुँदेलाई परिस्कृत गर्न सोमबारबाटै गृहकार्य थाल्न वरिष्ठ नेता माधव नेपालले निर्देशन दिएको र नेताहरु लागिसकेको बताए ।

‘हिजोबाटै गृहकार्य सुरु गर्न वरिष्ठ नेताले पनि भनिसक्नुभएको छ अरु नेताहरु पनि त्यसतर्फ लागिसक्नुभयो ।

जतिसक्दो चाडो गृहकार्य गरेर पार्टी एकता निष्कर्षमा पुर्याउनुपर्छ भन्ने भन्नेमा कुनै विवाद छैन’ज्ञवालीको भनाइ छ ।

उनले नेकपा एमालेलाई दक्षिणपन्थी भासबाट जोगाएर क्रान्तिकारी धारमा लैजानुपर्ने भन्दै रुपान्तरण जरुरी भएको बताए ।

एमाले उपाध्यक्ष समेत रहेका ज्ञवालीले भने ‘त्यसका लागि हाम्रो सोमबार सम्पन्न स्थायी समिति बैठकले पनि हरसम्भव उपायबाट पार्टी एकतालाई जोड दिने निर्णय गरेको हो ।’

६३ लाख ९३ हजार कित्ता आइपिओ यहि महिनामा बिक्रि खुला हुने, कहिलेसम्म पाइन्छ भर्न ?

साउन २० र २७ गते दुई कम्पनीको ६३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्काशन हुँदैछ ।

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ  भने मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ  । 

सानीमाले  ३ लाख ( ५ प्रतिशत सेयर)  कर्मचारी र ३ लाख (५ प्रतिशत) सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन ।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त समयमा आइपिओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपिओ निष्कासन खुला हुनेछ । सानिमा लाइफको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

 यता मानुषी लघुवित्तले ०.५ प्रतिशत ( ५ हजार ४ सय ६९ कित्ता) कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता ) म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त समयमा सबै आइपिओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

मानुषीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button