हार्ले डेभिसन बाइक चलाउँदा अमेरिकामा पनि हेलमेट लगाउँदैनन् : पारस शाह

काठमाडौं । पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्।

शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झ गडा भएको थियो।

प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

सामाजिक सञ्जाल मार्फत पारसले हार्ले डेभिसनको बाइस चलाउँदा अमेरिकामा पनि हेलमेट नलगाउने गरेको बताएका हुन।

उनले फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यो मेरो जिन्दगी हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन्।’

हेल्मेट बिनानै मोटरसाइकलमा सवार पूर्वयुवराज पारस शाहलाई नारायण गोपाल चोकमा ट्राफिक प्रहरीले समातेको थियो ।

शुक्रबार साँझ साढे ७ बजेको समयमा बिना हेल्मेट मोटरसाइकल कुदाइरहेका उनलाई प्रहरीले समातेपछि केही समय त्यहाको स्थिति त ना वग्र स्त भएको थियो ।

पूर्वयुवराज शाह र प्रहरीबीच भएको विवादको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा देखिए अनुसार ट्राफिक नियम मिचेका शाहले उल्टै प्रहरीलाई थ र्काइ रहेका छन् भने उनलाई समातेका प्रहरीले भने उच्च अधिकारीलाई रिपोर्ट गरिरहेका छन् ।

ओलीको घोषणा : माधव नेपालका लागि पार्टीमा ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्। ‘

माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्‍याए ।

प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button