‘हाम्रो अथक मेहनतले मेलम्चीको पानी खाने सपना बल्ल पूरा भयो: पूर्व खानेपानी मन्त्री मगर

पूर्व खानेपानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी पूर्व खानेपानी मन्त्री मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो ।

मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई खुवाउन आफ्नो कार्यकाल भरी अहोरात्र खट्नु भएकी पूर्व मन्त्री मगर काठमाडौंमा पानी वितरण हुनु अघि सुन्दरीजल पुग्नु भएको हो ।

सुन्दरीजल पुगेपछि उहाँले पत्रकारहरु माझ भन्नुभयो, ‘हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’

मेलम्चीबाट सुरुङमार्फत् ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।

आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो ।

मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button